मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेशी आगामी पुस ७ गतेसम्मका लागि सरेको छ ।
कार्कीका वकील बालकृष्ण न्यौपाने उच्च रक्तचापका कारण अस्वस्थ भएकाले पेशी सार्न गरेको आग्रह स्वीकार्दै कार्कीविरुद्धको पेशी सरेको हो । र्कीविरुद्धको पेशी सार्न कानुन व्यावसायीहरुले समेत आग्रह गरेका थिए ।
कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्तिको मुद्दा न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा राखिएको छ ।
