गोविन्द खड्का
घोराही, १६ मंसिर । चल्लासंग ग्वारग्वार यता र ग्वारग्वार उता गरेर दिन ढल्किन्छन् घोराही ११ का हरीकला घर्तीका । त्यस बाहेक सा“झ विहानको समय गमला तथा तरकारीमा पानी चहार्दा वित्ने गरेको छ ।
अनपढ घर्तिले घोराही बजारमा पाईहाल्ने काम खास्से छैन । त्यसमा पनि ५० नाघेकाले अर्काको काम गर्न सजिलो लाग्दैन । कोठा भित्रै थुनिएर अल्छिको घर बन्नु वा टेलिभिजनमा दान गर्नु एउटा उपाए हो । दिनभरी टेलिभिजन हेरेर सा“झमा एक पैसा हात लाग्दैन न त सिकेको उपयोग नै हुन्छ । आफै बसेको घरको छतमा गमलामा तरकारी छ । त्यही छतमा कुखुरा पालन ।
गेट बाट पाईलो पर सार्दा धेरैले अर्काको जमिनमा टेक्नुपर्छ । सडक लगायत सार्वजनिक स्थलमा कुच्न पाउनेले कसैको होईन भनि दम्भ देखाउन सक्छ । त्यो पनि सरकारी एवं सामुहिक हो । त्यसो भन्दैमा उपाए सकिएको भने रहेनछ । न्युरोडमा बस्ने घर्तिले जा“गर हुनेलाई विकल्प देखाउनुभयो ।
एक हुल चल्ला संग बियालीई रहेको अबस्थामा भेटिनु भयो । तिनी संग नाता पनि दिदि बहिनीको जस्तै छ । ‘पख् आउछेस कि ?’ भनेर चर्को श्वर लयायो नै ढल्किदै छेछाम र्आइ पुग्छन् ।’ हात बाट के खस्छ भन्ने आशले पुनका वरीपरी दाई गर्न थाल्छन् । अपन्वत्व्व र सामिप्यता निकै प्रगाढ छ । कम्तिमा आधा किलो तौल पुगेपछि बेच्ने घर्तिले जानकारी दिनुभयो ।
थल्थल परेको धनियाको वारी छ । माथी फुल फुलेका तल बाट उम्रिदै गरेका गमलाहरु देखिन्छन् । त्यहि फालाउदा बर्षा भरी खुर्सानि किन्नु नपरेको जानकारी दिनुभयो । घोराहीमा भाडा लिएर बस्न बाद्यघर्तिको मन भने कतै गाउतिरै दौडाएको जस्तो लाग्छ । किन भने परिवेश किसानको छ । सुत्ने कोठामा एउटा माउ वथारो बसेको छ । त्यसले १६ वटा अण्डा कोरलीरहेको छ ।
तुलसीको पात कुटेर धुलो बनाई डिब्बामा राखेको चियामा मिसाउनु हुन्छ् । दुधमा बेसरी पकाएर मिठो संग खाने बानि छ । चिसोले छोयो र रुघा खोकि भयो भने औषधि काचो बेसार वा हजारीका फुल पकाएको पानी तयार हुन्छ । चाडै अस्पताल धाउने बानि छैन । खानपिनमा ध्यान दिने कारणले हुनुपर्छ बज्यै बनेकि घर्तिको ज्यान अझै गठिलो युवाकाृे जस्तो छ ।
दिनहरु एक्लै वित्छन् । छोरा छोरी सबै आफ्ना पेशा समातेर ठाउ ठाउ छन् । घरमा बालक नाति सम्हाले पनि त्यो स्कुल जान्छ । हप्ता दश दिनमा हिलटप ईग्लिस वोङि कमिरे चौर काभ्रेका प्रअ छोरी लिला संग भेट हुन्छ । त्यस बाहेक अरु छोरा बुहारी संग चाड वाड र कहिले कसो मौकामा जुट्छन् । एउटा छदमा गरीएको प्रयासले सबै चिज भुलाएर व्यस्त बनाएको छ । छदै संसार छ ।
दुई ग्रूप चल्ला र माटो बोकेर बनेको छदको तरकारीले जा“गर हेर्दा तरुनीहरुको भन्दा बढ्तै भन्दा फरक पर्दैन । ग्वार ग्वारती हिड्ने चल्लला र छदभरीका तरकारीहरु । सरसफाइमा ध्यान दिने घर्तिले चल्लाले भ¥याङ र गल्लीमा नहगेपछि खुबै माया लाग्दा गुणि भएको खुशियाली बाड्नुभयो । दिनभरी यसरी व्यस्त हुने भएकाले के गरु र कता जाउको छटपटि छैन । न त कुलतको खतरा । उनका लागि घरको छदनै आज भोलि मन डुलाउने सिंगो संसार भएको छ ।





