दाङ, १६ मंसिर । घोराहीमा हुने सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ लाई राजनीतिक दलहरुले पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

20161118_152708-300x225महोत्सब मुल आयोजक समिति र जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु विच घोराहीमा भएको छलफल तथा भेटघाटका क्रममा सम्पुर्ण दलहरुले महोत्सबलाई भब्य रुपले सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटघाटका क्रममा नेपाली काग्रेसका सचिब शंकरप्रसाद डाँगीले जिल्लाको गौरब र ईज्जत संग जोडिएको शैक्षिक महोत्सबलाई सफल बनाउन राजनीतिक दलहरुले चासोका साथ हेरेको बताए ।

हरेक जिल्लाको विकास र समृद्धिका लागि शैक्षिकस्तरको समेत मापन हुने भएकाले त्यसको विकासमा पहिलो लगानी र आकर्षण हुनुपर्ने उनले बताए ।
नेकपा एमालेका सदस्य मनोहर बुढाथोकीले दाङलगायत यस क्षेत्रकै शैक्षिक तथा साहित्यिक विकास र प्रबर्धनका लागि महोत्सबले टेवा पु¥याउनेमा आफुहरु आसाबादी भएको बताए ।

भेटघाटका क्रममा नेकपा माओबादी केन्द्रका हेमराज शर्मा, राष्ट्रिय जनमोर्चाका रेशम विसी, नेकपा मालेका सचिब नेत्रप्रकाश पाण्डेले शिक्षामा अब नयाँ परिवर्तन आबश्यक रहेको बताएका थिए ।