प्यूठान, १६ मंसिर । जवरजस्ती करणीको सजाय भोग्दै आएको एक कैदीको प्युठान कारागारमा मृत्यु भएको छ ।

karagar-1-583fbcd99ec8f6-21192684तुषारा–१ गोव्दी घर भएका ६८ वर्षिय कैदी नरबहादुर रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कारागारभित्रै एक्कासी बेहोस भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचार गर्दागर्दै मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी रंजितसिँह राठौँरले जानकारी दिए ।

शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । मृतक रोका २०७२ असार २० गते जवरजस्ती करणीको अभियोगमा जेल चलान भएको राठौँरले जानकारी दिए ।