महोत्तरी, १६ मंसिर । गएराति महोत्तरीमा एक उखुवारीमा १२ दिनको नवजात शिशु फेला परेको छ ।
महोत्तरी सम्सी ५ मा रहेको उखुबारीमा बेवारिसे अवस्थामा फेला परेको शिशुलाई प्रहरीले उद्धार गरेको छ। राति ९ बजे उखुबारीमा रोइरहेको अवस्थामा शिशु फेला पारेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएको बच्चाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले जानकारी दिए । बच्चालाई अहिले जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । प्रहरीको निगरानीमा रहेको बच्चालाई आफ्नो बनाउने भन्दै स्थानीय अभिभावकले बच्चाको जिम्मेवारी सुम्पन माग गरेका छन् ।
