बुटवल, १६ मंसिर । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्धमा आजदेखि बुटवल, भैरहवा, पाल्पा,रोल्पा, प्युठान, अर्घाखाँची,गुल्मी लगायत जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शन शुरु भएका छन् ।

7e89931c78c399723a9262f1dd30e7dcजनप्रदर्शनसँगै आह््वान गरिएको बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन प्रभावीत भएको छ । अनिश्चितकालीन रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववीयु लगायतका विद्यार्थी संगठन तथा अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा बिहानैदेखि प्रद्धर्शन सुरु भएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी ठप्प छन् ।

15310634_1281867691871694_1968641331_nउता, पाल्पामा पनि बिहानैदेखि प्रदर्शनहरु भएका छन् । ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पाका युवा तथा विद्यार्थीले बन्द आह्वान गरेका छन् । बिहानैदेखि सडकमा ओर्लिएका युवा, विद्यार्थी र तरुणले बजार, कलकारखना, स्कुल क्याम्पसको बिहानी कक्षा बन्द छन् ।

त्यस्तै प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा सुरु भएको आन्दोलन प्यूठान र रोल्पामा थप जटिल बन्दै गएको छ । दुवै जिल्लाले बिहानदेखि प्रदर्शन सुरु गरेका छन् । दिउँसो दुवै जिल्लाको सिमाना चतुर्भुजमा हुने बृहत् प्रदर्शन अगाडि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा प्रदर्शन सुरु गरिएको छ ।