काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको तत्काल पूरा गर्न निर्देशन दिएका छन् ।
शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई विहीबार विहान बालुवाटारमा बोलएर प्रधानमन्त्री प्रचण्डले केसीको माग तत्काल पूरा गर्न निर्देशन दिएका हुन् ।
१९ दिनदेखि अनसनमा बसेका केसीको स्वास्थ्य गम्भीर भएको भन्दै देशैभरका स्वास्थ्यकर्मीहरुले जीवनरक्षाको माग गर्दै आन्दोलन थालेपछि प्रधानमन्त्री प्रचण्डले दुई मन्त्रीलाई निर्देशन दिएका हुन् ।
केसीको माग स्वास्थ्य र शिक्षासँग सम्बन्धित भएकाले दुई मन्त्रीलाई माग पूरा गर्न प्रचण्डले निर्देशन दिएका हुन् । अनसनरत केसीले त्रिवि उपकुलपति तीर्थ खनियाँ र नवनियुक्त डीन केपी सिंहको बर्खास्तीको माग गरेका छन् ।











