मनिष खड्का
रुकुम, ७ जेठ
रुकुममा पहिलो पटक यार्सा महोत्सव हुनेभएको छ । जेष्ठ ९ गते आईतबारवाट सुरु हुने यार्सा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले जानकारी दिनुभयो ।

yarsaमहोत्सव उद्घाटन कार्यक्रममा सभामुख ओनसरी घर्ती, वन मन्त्री अग्नि सापकोटा, आपुर्ती मन्त्री तथा रुकुम क्षेत्र नं. १ का सांसद गणेशमान पुन, सार्वजनिक लेखा समितिका सभापति एवं रुकुम क्षेत्र नं. २ का सांसद जनार्दन शर्मा प्रभाकर, सांसद मिठु मल्ल, दलजित सिर्पाली लगाएतको उपस्थिति रहने अध्यक्ष पुनले बताउनुभयो ।

यार्सागुम्बा पाईने जिल्लाको एकमात्र रन्मामैकोट गाविसको पुपाल र जंगला भञ्ज्याङमा महोत्सव गर्न लागिएको हो । जिल्लामा पाईने यार्सागुम्बाको प्रचार प्रसार र जिल्लाको पर्यटन प्रबद्र्धन तथा विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

त्यस्तै, जिल्लाका ६ हजार मिटर भन्दा माथिका हिमालहरुको आरोहण खुल्ला गर्न नेपाल सरकारसँग आग्रह गर्ने, ढोरपाटन सिकार आरक्षबाट रुकुम जिल्लाले अहिले सम्म पाउन नसकेको राजश्व प्राप्तीका लागि पहल गर्ने, जिल्लामा पाईने जडिबुटी, हिमाल, ताल, झरना तथा पदमार्गको प्रचार प्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।