काठमाण्डौ, ७ जेठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पोखराका संञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
शर्मासहित कलेज सञ्चालकहरु रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज अर्याल, हुमनाथ कोइराला र निसान राजभण्डारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त कलेजले पद स्वीकृत नै नभएका विषयमा फ्याकल्टी विवरण उल्लेख गरी १ सय ५० सिटका लागि झुटो विवरण पेश गरेको अख्तियारले जनाएको छ ।
निरीक्षणमा खटिएका प्रा. डा. गणेशकुमार राईले कुनै अध्ययन नै नगरी प्रतिवेदन बुझाएको पाइएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो ।।