t1तुलसीपुर १६ मंसिर ।  दाङका यातायात व्यवसायीहरुले विभिन्न वहानामा खेप्नु परेको दोहोरो कर प्रणाली तत्काल वन्द गर्न माग गरेका छन् । दाङ जिल्ला टे«क्टर व्यवासायी समितिको १६ औं वार्षिक साधारण सभामा वक्ताहरुले राज्यलाई तिर्ने कर वाहेक विभिन्न क्लव तथा संस्थाको नाममा उठाईने अवैधानिक कर पूर्ण रुपमा रोक्नु पर्ने वताएका हुन ।

उनीहरुले खोलाजन्य वस्तुहरु निकासीमा व्यवसायीहरु मारमा परिरहेको र अर्को तिर उपभोक्ताहरुले चर्को रकम तिर्नु पर्ने तर्फ स्थानिय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउदा समेत प्रशासनले व्यवास्ता गरेको भन्दै आफूहरु संग आन्दोलनको विकल्प नरहेको समेत चेतावनी दिएका छन् ।

दाङ जिल्ला टे«क्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्यको अध्यक्षता एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि हमालले यातायात व्यवसायीहरु समय अनुसार परिवर्तन हुदै गएको भन्दै जनताको चाहना र माग अनुसार अगाडि वढ्ने बेला आएको वताए ।

राज्यले यातायात व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउदा सम्म नेपालको समग्र यातायात क्षेत्रले फट्को मार्न नसक्ने उपमहासचिव हमालको भनाई थियो । प्रमुख अतिथि हमालले यातायात व्यवसायीहरुले यो देशको अर्थतन्त्र वलियो वनाउन र राज्य संचालन प्रक्रियामा निजी क्षेत्रले खेलेको भुमिकालाई राज्यले प्रोत्साहन गर्नु पर्ने वताए ।

कार्यक्रममा विशिष्ठ अतिथी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले निर्माण कार्यमा सहजता ल्याउन खोलाजन्य वस्तुहरुको सहज आपूर्ति हुनु पर्ने भन्दै टे«क्टर व्यवसायीहरु दोहोरो मारमा परिरहेको भन्दै तत्तकाल राज्यले समन्वयकारी भूमिका खेल्नु पर्ने वताए ।

कार्यक्रममा समितिका सल्लाहकारहरु शेसुराम भण्डारी, कृष्ण भुसाल, कानूनी सल्लाहकार गोकर्ण डांगी, अम्विकेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष ज्ञान वहादुर वस्नेत, ट्राफिक प्रमुख देव वहादुर खत्री, रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, प्रेस चौतारी दाङका उपाध्यक्ष संगित वस्याल, राप्ती वस समितिका सहकोषाध्यक्ष प्रितम श्रेष्ठ, साना माल वहाक समितिका अध्यक्ष भुवन भुसाल , घोराही टे«क्टर व्यवसायी समितिका अध्यक्ष दल वहादुर वली, देउखुरी टे«क्टर व्यवसायी समितिका कोषाध्यक्ष शिव चौधरी, व्यवसायीहरु पहल सिंह, माधव वस्नेत, मजदुर नेता भरत भटृराई, राप्ती अटो इन्जिनियरिङ एसोसियसनका सचिव कमल गौतम लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा महासचिव द्रोण प्रसाद देवकोटाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुमन कुमार पुनले आर्थिक प्रतिवेदन पेस गरेका थिए भने कार्यक्रमको संहजीकरण महासचिव द्रोण प्रसाद देवकोटाले गरेका थिए ।