लक्ष्मीपुर १६ मंसिर ।  महिला संञ्जाल लक्ष्मीपुरको आयोजनामा सञ्चालन भएको महिला शसक्तिकरण, प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधवार सकिएको छ । गाविसको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम तीन दिन सम्म चलेको थियो ।

महिलाहरुलाई शसक्त पार्दै प्रस्तावना र प्रतिवेदन लेखनको विकास गर्न कार्यक्रम सहयोगी भएको सञ्जाल अध्यक्ष पार्वता सुवेदीले वताइन । गाविस सचिव पुनाराम गिरीले तालिमले महिलाहरुको क्षमता विकासमा भूमिका खेलेको विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उर्तान समेत सुझाव दिए ।

तालिममा गाविसका सवै वडाका गरेर २७ जना महिलाको सहभागिता थियो । तालिममा महिला शशक्तिकरण, प्रस्तावना र प्रतिवेदन लेखनमा छलफल भएको थियो । तालिमको प्रशिक्षकमा पत्रकारहरु इन्द्र डिसी र दुर्गालाल केसी थिए ।

सञ्जाल अध्यक्ष सुवेदीको अध्यक्षता एवम गाविस सचिव गिरीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा सहभागि शान्ता घिमिरे र निमा विकले मनतव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्जाल सदस्य शुशिला पौडेलले गरेकी थिइन ।