तुलसीपुर, १५ मंसिर । तुलसीपुर नगरपालिकाले बाल उद्यान खोल्नका लागि सोमवार नगरपालिकाले टेन्डर आह्वान गरेको छ । नगरपालिकाको सम्मुखमा रहेको पुरानो वसपार्क क्षेत्रमा वसपार्क स्थान्तरपछि त्यहाँ बाल उद्यान निर्माण गरिएको छ । बर्षाैं देखि तुलसीपुर बजार भित्रैको सुन्दर बाल उद्यान भित्र प्रवेश गर्ने र त्यहाँ फुर्सदको समय व्यथित गर्ने नगरवासीको चाहाना पुरागर्नका लागि वाल उद्याण सर्वसाधरणका लागि खुल्ला गर्न टेन्डर आह्वान गरिएको हो ।
तुलसीपुर नगरपालिकाका इञ्जिनियर पवन योगीले सोमवार टेन्डर आह्वान गरिएको र यो निजी साझेदारी लागत सहभागितामा सञ्चालन हुने जानकारी दिए । उद्यानमा यसअघि नै केही संरचनाहरु निर्माण गरिएका भएपनि पार्क वाहिर चमेनागृह र बालबालिका लागि मनोरञ्जनका सामाग्रिहरु निर्माणगर्न अझैं बाँकी नै रहेको नगरपालिकाका योगीले बताए । सोमवार टेण्डर आह्वान भएकोले निवेदन कति आउँछन् त्यही अनुरुप नगरपालिका अगाडि बढने इञ्जिनियर योगीले बताए ।
यो उद्यानले तुलसीपुर क्षेत्रमा निकै अभाव खड्किएको र सबैको लागि उत्तम विस्राम स्थलनको रित्तता पुरा गर्ने इञ्जिनियर योगीले अपेक्षा गरे । बाल उद्यान भित्र माष्टर प्लान अनुसार विभिन्न कलात्मक संरचना र बोटविरुवा लगाइएका छन् । उद्यान प्रवेश गर्न चाहाने सर्वसाधरण नागरिकले केही शुल्क तिरेर मात्रै पार्कको अवलोकन गर्न पाउने छन् ।
त्यसको आनन्द लिने पाउने छन् । प्रवेश शुल्कवाट नगरपालिकाको कोष वृद्धि हुने आषा गरिएको छ । निकै आकर्षक देखिने उद्यान जेष्ट नागरिक , बालवालिका , युवा युवति सबैका लागि उत्तम विस्राम स्थल बन्ने आषा गरिएको नगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए । बाल उद्यान, शौचालय, चमेनागृह, निर्माण तथा सञ्चालन गर्न नगरपालिकाको स्थानीय निकाय आर्थिक प्रशासन निमावलीको नियम १५७ अनुसार सार्वजनिक निजी साझेदारीबाट लागत, जोखिम तथा नाफाको साझेदारी समेत हुने गरी ठेक्कामा दिने तयारी गरेको सूचना अधिकारी खरेलले बताए ।
