hemnagar

 तुलसीपुर १५ मंसिर । तुलसीपुर नगरपालिका वडा नम्बर १८ मा स्वास्थ्य स्वंयम सेविका तथा आमा समुहका महिलाहरुलाई पोषण सम्वन्धि तालिम दिन लागिएको छ । नगरपालिकाको प्रवद्धनात्मक कार्यक्रम अन्र्तगत वडामा उक्त तालिम शुरु भएको हो । तालीमको मंगलबार एक कार्यक्रमका विच हेमनगरमा उद्घाटन गरिएको छ । वडा सचिब शुसिला शाहको अध्यक्षता तथा नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र के.सी.को प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरीएको हो ।

सो अवसरमा प्रमुख अतिथि केसीले महिला र बालबालिकाको पोषणमा तालिमले थप सहयोग पु¥याउने अपेक्षा गरेका छन् । कार्यक्रममा वडा नम्बर २० का सचिब केशवराज डाँगी , काग्रेसका जयकृष्ण चौधरी , एमालेका हेमराज डागी , माओवादि केन्द्रका केदार प्रसाद आचार्य , राप्रपाका रोवर बहादुर बस्नेत , जेष्ठ नागरिक तेज बहादुर वली ,जसपुर प्रहरी चौकिका नयाराम कार्कीलगायतले मन्तब्य राखेका थिए ।

वडा नागरीक मञ्चका संयोजक टिका बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक परिचालक लक्ष्मी चौधरीले गरेकी थिईन् । तालिममा २४ जना महिला स्वायंसेवीकाहरुको सहभागिता रहेको छ । ३ दिन सम्म चल्ने तालिमको प्रशिक्षकमा स्वास्थ्य चौकि बेलटाकुराका प्रमुख विष्णु प्रसाद पोख्रेल रहेका छन ।