autoतुलसीपुर १५ मंसिर ।  तुलसीपुरमा केहि समय देखि सञ्चालनमा आएका अटोरिक्साको सार्वजनिक भाडदर तय गरिएको छ । तुलसीपुर नगरपालिकाको पहल र सरोकारवालाहरुको सहभागितामा अटोरिक्साको भाडातय गरिएको हो । न्युनतम २० रुपियाँ देखि अधिक्तम ४० रुपैसम्म सार्वजनिक यातयातमा रहेका अटोरिक्साको भाडा निर्धारण गरिएको हो । बजार क्षेत्रमा एक किलोमिटर सम्म प्रतिव्यक्ति २० रुपैयाँ भाडादर कायम गरिएको छ ।

तुलसीपुरका विभिन्न स्थानलाई केन्द्रमानेर तय गरिएको अटोरिक्सको भाडादर तुलसीपुर विरेन्द्र चोक देखि राप्ती अाँखा अस्पताल प्रतिव्यक्ति ४०, विरेन्द्र चोक देखी वसपार्कसम्म प्रतिव्यक्ति २० रुपैयाँ, वसपार्क देखी वेलुवासम्म प्रतिब्यक्ति २० , गुम्रहा चोकदेखि रझेना मन्दिर ४० , गुम्रहाचोक देखि पुकार पसल ५० , वसपार्क देखि वडानं ८ कोनयाँ वस्ती सम्म ३० , वसपार्कदेखि कृष्ण मन्दिरलाई २५ गुम्रहा चोक देखि राप्तीववइ क्याम्पस प्रतिव्यक्ति २० रुपियाँ, विरेन्द्रचोक देखि क्याम्पस ३० रुपैयाँ , विरेन्द्र चोक देखि हात्तिखौवा सम्म २० रुपियाँ भाडा निर्धारण गरिएको छ ।

यसअघि अटोरिक्सा सञ्चालकहरुले वजार एरियामा प्रतिव्यक्ति २५ रुपियाँ र आँखा अस्पतालमा प्रतिव्यक्ति ५० रुपियाँ भाडा लिंदै आएका थिए । सोमवार निर्धारण गरिएको नयाँ भाडादर वुधवार देखि लागुहुने जनाईएको छ । तुलसीपुर नगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा अम्बीकेश्वरी वस व्यवसायी समितिका अध्यक्ष ज्ञानवहादुर वस्नेत, तुलसीपुर जिप तथा मिनिमाईक्रो वस व्यवसायी समितिका सचिव रामवहादुर डाँगी ,नगरपालीका का वित्तिय अधिकृत ललित वहादुर घर्ती, सुचना अधिकारी झरेन्द्र खरेल , ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देववहादुर खत्री, अटोरिक्सा सञ्चालक समितिका उपाध्यक्ष नारायण जिसी लगायतले भाडा समायोजनका विषयमा सहजीकरण गरेका थिए ।