anugamanनिरला अर्याल गैरे  / तुलसीपुर १५ मंसिर ।  तुलसीपुर ६ मा सञ्चालन भएको बालश्रम तथा बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ । तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, सुचना अधिकारी झेरन्द्र खरेल, वडा नं. ६ का वडासचिव कमल शर्मा,नगरपालिकका निर्वतमान प्रशासकीय अधिकृत सुभास गौतम, इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित प्रमुख खुमान्नद पाण्डे, बालक्लका अध्यक्ष अनिता पौडेल, सामााजिक परिचालक श्रद्धा गौतम, नागरिक सचेतना केन्द्रका संयोजक हरि कला मियां लगायतको टोलीले अनुगमण गरेको हो ।

तुलसीपुर नगरपालिकाका वडाहरु क्षेत्रफलका हिसाबले ठुलो भएकाले बालश्रमीकहरु खोज्न समस्या हुने गरेको सरोकारवालाहरुले बताएका छन् । तुलसीपुर नगरपालिकाका वडाहरु मध्य सबै भन्दा बढि बालबालिका वडा नंबर ६ मा रहेका छन् । वडाहरुमा बालसंरक्षण कार्यक्रम लागुहुनुपुर्व अभिभावक संरक्षकले आफ्नो छोराछोरीको जन्मदर्ता नगरेको पाईएको छ । अहिले ती बालबालिकालाई नगरपालिका र सहयोगी संस्थाको पहलमा जन्मदर्ता प्रदान गरिएको छ । शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरिएमा प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ प्रदान गरिने वडा सचिव कमल शर्माले जानकारी दिए । महिला तथा बालबालिका कार्यालयका गुप्ता अधिकारीले बढि बालश्रमीक हुने तथा बालबिवहा पनि बढि हुनेभएकाले तुलसीपुरको ६ नंबर वडामा कार्याक्रमलाई निरन्तरता दिनुपर्ने बताईन् ।

बालबालिका माथि हुने दुव्र्यवहार, हिंसा, वालविवाह, वालश्रमआदि रोक्न ग्रामिण स्तरदेखी नै सचेतना फैलाउनु पर्ने बक्ताहरुको जोड थियो । साथै त्यहाँका प्रत्येक टोलका मासिक बैठकमा वालश्रम र वालविवाह नगर्न तथा नगराउन सबैलाई सुझाव दिन पनि टोलीले आग्रह गरेको थियो । अभिभावक भएका बालबालिका परिवारमा पुर्नस्थापना गरिन्छ तर अभिभावक नभएका बालबालकिा कसलाइ जिम्मा लगाउने भन्ने समस्या भएको तुलसीपुर नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताए । कार्यक्रममा प्रत्येक घर र विद्यालय बालमैत्रि हुनुपर्ने पनी उनीहरुको भनाई थियो । तुलसीपुर नगरपालिकाको सहयोग तथा न्यूसिपिसी र डिएनजीओसीसीको संयूक्त आयोजनामा अनुगमन गरिएको हो ।।