chakka-jamतुलसीपुर १५ मंसिर ।  ५ नम्बर प्रदेश टुक्र्याउने गरी सविधान संसोधन प्रस्ताव दर्ता भएको विरोधमा दाङमा आज एक घण्टा चक्काजाम हुने भएको छ । अनेरास्ववियू र यूवा संघ दाङको आयोजनमा एक घण्टा चक्काजाम हुन लागेको हो ।

आज विहान १० बजेदेखि ११ बजे सम्म चक्काजाम गर्न लागेको अनेरास्ववियू दाङका प्रवक्ता बर्षात भण्डारीले जानकारी दिनुभयो । देशको रक्षागर्नका लागि विरोध स्वरुप चक्काजाम गर्न बाध्य भएको भण्डारीले जानकारी दिनुभयो ।

साथै चक्काजामका कारण पर्ने असुविधा प्रति अफ्ठेरो नमान्न अनेरास्ववियू र यूवा संघ दाङले आग्रह गरेको छ ।।