दाङ,१५ मंसिर । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको करिब दुई सय विघा जमिन कौडीको भाउमा भारतीय योगगुरु स्वामी रामदेवको पतञ्जली योगपीठलाई भाडामा दिने भएको छ ।
केही दिनअघि वीरगन्जमा योगशिविरमा आएका स्वामी रामदेव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेटका क्रममा प्रधानमन्त्रीले जग्गाको भाडाको सम्झौता चाडैं हुने रामदेवसंग भन्नुभएको थियो ।
त्यसपछि रामदेवलाई भेट्नका लागि वीरगन्जमै पुगेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालासंगको भेटमा पनि स्वामी रामदेवले यो विषयमा प्रधानमन्त्री सकारात्मक रहेको बताएका थिए । रामदेवले उक्त जग्गा ४० वर्षका लागि वार्षिक प्रतिविगाह १० हजारको दरले भाडामा दिन प्रस्ताव गरेका छन् । अन्नपूर्ण पोष्टबाट
