तुलसीपुर १५ मंसिर । तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने कार्यलाई पुर्णता दिन बसपार्क बासीले माग गरेका छन् । बसपार्क आधुनिक नबन्दा धुलाम्मे हुने गरेको र त्यस्ले स्वास्थ्यमा प्रतिकुल असर पारेको बसपार्कबासीहरुले बताएका छन् । बसपार्कलाई आधुनिक बनाउन तीन पटक सम्मको टेण्डर बदर भएको र यसमा नगरपालिकाले कुनै पहल नथालेको उनीहरुको गुनासो छ । तुलसीपुर बसपार्क धुलाम्मे हुँदा अहिले त्यहा रहेका ११ टोलका ९ सय घर परिवार प्रभाबित गरेको स्थानीय बिर बहादुर ओलीले बताए । तुलसीपुर बसपार्कमा अहिले दैनिक १५ हजार यात्रु आवतजावत गर्ने गरेका छन् ।
बसपार्क सञ्चालन भएको २० बर्ष पुगिसक्दा पनि आधुनिक बन्न नसकेको भन्दै यो पटकको टेण्डर कार्यान्वयन गर्न दवाव स्वारुप संघर्ष समिति पनि गठन गरेका छन् । तुलसीपुर बसपार्कमा क्रियाशिल बिभिन्न टोल बिकास संस्थाको मंगलबार संयुक्त बैठक बसी बिर बहादुर वलीको अध्यक्षतामा १५ सदस्यीय संदस्यीय संघर्ष समिति गठन गरेको हो ।
जसको सदस्यहरुमा यमकान्त पाण्डे, राम चन्द्र केसी, गोबिन्द अधिकार, प्रभा भट्टराई, हरि बिक, बिमल दमाई, उदयराम बिट, ईन्द्र बहादुर बुढाथोकी, बिजय कुमार डिसी,मोहन सिंह डाँगी, चुडामणी कडेल, प्रेम प्रकास मल्ललगायत रहेका छन् । जस्को सल्लाहकारमा बासुराम गिरी, मिनराज भण्डारी, सेवक राम भण्डारी, प्रेम प्रकास ओली, डिल्ली बहादुर ओली, भिम बहादुर केसी,सुरेन्द्र चन्द, मोहवीर ओली, गुरु प्रसाद घर्ती, दुर्गा भण्डारी, तुलसीराम न्यौपाने, सुरेस हमाल, बिनोद शर्मा पवन बुढाथोकी रहेका छन् ।