
तुलसीपुर १५ मंसिर । नेपाल विद्युत प्राधिकरण तुलसीपुरले मंगलावरदेखि सडक विचमा गाडिका पोलहरु हटाउन सुरु गरेको छ । सडक विस्तामा सघाउ पुगोस भनेर पोल हटाउन थालिएको हो । तुलसीपुरको बरुवा गाँउले कुलोदेखि पूर्वमा हात्तिखौवाको सम्म छ लेनको सडक निर्माण गर्दा सडक विचमा पर्ने पोलहरु हटाउन सुरु गरिएको प्राधिकरणका प्रमुख टंकराज गिरीले जानकारी दिए ।
उनका अनुसार उक्त क्षेत्रमा रहेका ४५ वटा पोलहरु स्थान्तरणगर्नु पर्ने भएकोले केही समय र त्योपनि फाट्टफुट्ट रुपमा विजुली बक्ति अवरुद्ध हुन सक्ने छ । उनले तुलसीपुर–घोराही सडक खण्ड, मानपुर फिडरलाईन र एयरपोर्ट फिडरलाईमा फाट्टफुट्ट रुपमा विजुली बक्ति अवरुद्ध हुन सक्ने संभावना रहेको जानकारी दिए ।
मंगलवार विहान पोल स्थान्तरको लागि काम गर्दा मानपुर क्षेत्रमा आधा घन्टा सम्म विद्युत अवरुद्ध बनेको समेत प्रमुख गिरीले जानकारी दिएका थिए । नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख गिरीका अनुसार सडक डिभिजन कार्यालय घोराही दाङले पहिलो लटमा ५ लाख १८ हजार रकम जम्मा गरेपछि कार्यालयले पहिलो लटमा १८ वटा पोलहरु स्थान्तरण गर्ने काम सुरु भएको बताए ।
एक हप्ताको समय भित्रै ति १८ वटा पोलहरु स्थान्तरण गरि सक्ने उनले बताए । प्रमुख गिरीले त्यो अवधिसम्म केही समयका लागि विद्युत अवरोध हुनसक्ने जानकारी दिए । उनले त्यसवाट उपभोक्तामा पर्ने जाने असरप्रति कार्यालयको तर्फवाट क्षमायाजना व्यक्त गरेका छन् । तर, प्रमुख गिरीले सडक डिभिजनले दोस्रो किस्त्ताको रकम जम्मा गरेपछि मात्रै बाँकी पोलहरु स्थान्तरणगर्ने काम सुरु गरिने पनि जानकारी दिए ।











