तुलसीपुर १४ मंसिर । ब्राउन सुगर सहित दाङमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बिशेष प्रहरी टोलीले लागु औषधको कारोवार भईरहेको छ, भन्ने गोप्य सूचनाका आधारमा लक्ष्मीपुर गाबिस २ बबई खोलामा कटेज संचालन गरी बस्ने २७ बर्षिय भुवन जिसीलाई ८ सय ६ मिलीग्राम लागु औषध सहित नियन्त्रणमा लिएको हो ।
जिसीलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
साथै सामाजिक अपराध बिरुद्धको कार्वाही अभियान अन्र्तगत पाल्पा तानसेन नगरपालिका ११ स्थायी घरभई हाल घोराही नगरपालीका दश मा डेरा गरी बस्ने वर्ष २८ को कृष्णबहादुर रेस्मी मगरलाई २ सय १० मिलीग्राम ब्राउन सुगर सहित नियन्त्रणनमा लिएको हो ।
उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।











