काठमाडौं, १४ मंसिर । नायक राजेश हमालले ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् । तेश्रो सातामा प्रर्दशनरत चलचित्र ‘जात्रा’ हेरेपछि जात्रा २ को प्रतिक्षामा रहेको बताएका हुन् ।
जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिएका छन् । “निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ,” उनले भने । आफ्नो साथीले फिल्मको निकै प्रशंसा गरेको सुनेर फिल्म हेर्न आएका हमाल जोडीले विवाह पछिसँगै बसेर हेरेको जात्रा, दोश्रो फिल्म हो ।
बाग्मति भन्दा जात्रा धेरै वास्तविक र राम्रो लागेको हमाल दम्पत्तिको प्रतिक्रिया छ । ‘जात्रा’को कथालाई लम्ब्याएर ‘जात्रा २’ निर्माण गर्न सकिने सम्भावना पनि रहेको उनीहरुले सुझाव दिएका छन् ।











