एजेन्सी, १४ मंसिर । भारतको प्रशासित क्षेत्र जम्मु स्थित नगरोटामा सेनाको शिविरमा आक्रमण भएको छ ।
बिद्रोहीले मंगलबार शिविरमा आक्रमण गरेका हुन् । त्यसपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको बिबिसीले जनाएको छ । यस्तै साँबा सेक्टरको अन्तर्राष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल (बिएसएफ) बिच गोली हानाहान भएको बताइएको छ ।
बिद्रोही र सुरक्षाकर्मी अहिले पनि भिडन्त भइरहेको समाचार संस्था पिटिआईले जनाएको छ । नगरोटामा दुई सैनिक र अन्तर्राष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् ।