चेतन रेग्मी
दाङ , १३ मंसीर । बित्तीय क्षेत्रमा काम गर्दै आएको डिभाएन इनभेसमेन्ट एन्ड ट्रेड प्रालीले आज दाङमा शाखा बिस्तार गरेको छ । प्रालीले आज तुल्सीपुरमा एक कार्यक्रको आयोजना गरी तुल्सीपुरको बिपी चौकमा शाखा बिस्तार गरेको हो । काठमाण्डौमा मुख्य शाखा रहेको प्रालीको दाङ शाखाको उद्धघाटन तुल्सीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रीजालले गर्नु भएको थीयो ।
शाखाको उद्धघाटन गर्दै प्रमुख अथीती रीजालले देशको आर्थीक बिकाशमा प्राली कोषेढुंगा साबीत हुने बताउनुभयो । राजनैतीक क्रान्ती पछी देशमा आर्थीक क्रान्तीको समए आएको भन्दै रीजालले दाङमा नया कार्यको सुरुवात गरेकोमा प्रशम्सा समेत गर्नुभयो ।
सो अबसरमा प्रालीका नरेन्द्र प्रशाद भट्टले बस्तु केहो, लगानी केहो र मुनाफा कसरी गर्न सकीन्छ भन्ने बारेमा सहभागीहरुलाइ प्रशिक्षण दिनुभएको थीयो । प्रालीका शी इ व बिजय पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रस्मीता लीम्बुले गर्नुभएको थीयो ।
