काठमाडौं १३, मंसिर आज राजधानीमा संवाद क्लब नेपालद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै कानुन मन्त्री अजय शंकर नायकले एमालेलाई बाहिर राखेर गरिएको संविधान संशोधनले मुलुकलाई निकास नदिने भएकाले एमाले र मधेसी मोर्चा दुवैलाई मान्य हुनेगरी सहमतिपछि मात्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने गृहकार्यमा सरकार रहेको स्पष्ट पारेका छन् ।
मन्त्री नायकले मधेसी मोर्चा चुनावमा आउने ग्यारेन्टी नभएसम्म संशोधनको कुनै अर्थ नरहेको बताउँदै एमालेलाई पनि सहमतिमा आउन आग्रह गर्नुभयो । प्रमुख राजनीतिक दलहरु बीचको संवाद, सहमति र सहकार्यबाट नै संविधान कार्यान्वयन, चुनाव र संविधान संशोधन सम्भव भएको जिकिर गर्दै यी दलहरुबीच एकताको विकल्प नभएको बताए ।
बाहिर चर्चामा आएजस्तो एमालेलाई बाइपास गरेर सत्तारुढ दलहरु अगाडि बढ्न नखोजेको, हरेक मुद्धामा एमालेसँग घनिभुत रुपमा छलफल भइरहेको जनाउँदै संविधान संशोधनमा एमालेसँग केही विमति भएपनि स्थानीय चुनाव र संविधान कार्यान्वयनमा समान धारणा रहेको बताए ।
यसका साथै मन्त्री नायकले एमालेलाई पनि मुलुकको विद्यमान समस्या समाधान गर्नमा मेरो गोरुको बाह्रै टक्का नगरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।
उक्त कार्यबmममा बोल्दै राजनीतिकविकृति हटाउनको लागि थोरै भएपनि थ्रेसहोल्डको व्यवस्था हुनुपर्ने बताए । उक्त कार्यक्रममा अधिवक्ता राजकुमार थापाले संविधान संशोधन गर्न राजनीतिक सहमति हुन्छ भने कानुनी रुपमा कुनै जटिलता नभएको बताए ।
