गोविन्द खड्का
घोराही, १३  मंसिर । युद्धमा हतियार पड्काउने कला सिकिन्छ । योद्धा भनेपछि झस्किन्छन् । पुर्व जनमृक्ति सेना नेपालका प्लाटुन भिसी चन्द्र कुमारी बाँठा (जिवनी) संग भने धेरै जना आकर्षीत भएका छन् । दिदि बहीनी बटुलेर च्याउ खेतिमा लागेका छन् । तिनकोमा काम गर्न जान अधिकांशले रहर मान्छन् ।

को हुन जिवनी ?
समायोजन पछि राम बहादुर बा“ठा (समर) सहित घोराही ६ को खरकट्टिमा आए । तिनीहरु संगै थप चार जोडा थिए । एक एक वटा घर बनाएर बसे । अहिले चार घरले बेचेर अन्तै सरी सकेका छन् । बाँठाको परिवारले संघर्ष गरीरहेको छ । फरक खालको घरबारको मोर्चा सम्हालेर । समयर बैदेशिक रोजागरमा छन् । जिवनीले च्याउ उत्पादन व्यवसाय सञ्चालन गर्छन् ।

15218319_378193682513112_1504397660_nउर्जा कसरी आयो ?

अबकास पछि को निकास आत्मनिर्भर जीवन ज्युनु हो भन्न ज्ञान पलायो । ( जिवनी ) एक्लैले च्याउ खेति थाल्नुभयो । पहिला मन अन्तरमन हृदै हृदयले आ“ट्यो भने जो सुकैलाई सफलता मिल्छ । बर्ग दुश्मणका विरुद्ध विजय हाशिल गर्न घर बाट निश्केकाहरु शान्ति सम्झौता पछि अबकासको अधमरो बाटै फर्के । युद्धमा होमिदाको वा वाहिरीदाको धेरैको जिन्दगी रनभुल्लमा छ । आधि गाग्री पानी हल्लीए जस्तै धेरैको जिन्दगीले झुल्लामान काटेको देखिन्छ । धेरैले न पढ्न लेख्न पाए न त उनिहरुको जवानी नै बैशले फक्रिन सक्यो । यावत दुखान्त सवाल संगै हुदा पनि कमाई भएको छ आँट । ‘किन हो किन मलाई त अफ्से आफ हिम्मत बढेर आँउछ  युद्धले के दियो भन्ने सवालमा जवाफ थियो । त्यसमा समरको आर्थिक सहयोग छ ।

फेरिएको मोर्चा
बाँच्नलाई अनेकन उपाए छन् । युद्धमा हिड्दा आफु त जसरी पनि पालिन्छ हामि त दुनिया बदल्न आएको भनेर अरुलाई प्रशिक्षण दिनुपर्दथ्यो । खाना माग्नु, सुत्ने ठाउँ  खोज्नु जनताका लागि लडेका भनेर अधिकार जत्तिकै मानिन्थ्यो । अहिले पेटपाल्ने अभिवारा आफ्नो थाप्लोमा आएको छ । कतिलाई आफ्नै पेट बोझ बनेको छ । बालबल्चा प्रगतिका बाधक ।

20161029_100643

उहिले दुश्मन संग मुठभेडमा सजकता अपनाउनुपर्दथ्यो । अहिले कदम कदमका समस्या संग होशियारी अपनाउनुपर्छ । ‘दशैमा घर गया भे खतम हुनेथियो’ विग्रीएका पोका नजिक गएर औलाले घोच्नुभयो, फ्वास्स डुब्यो । कालो भएका चिचिला निमाठ्नुभयो ‘म डुब्थे“’ उहाले भन्नुभयो, पोका बनाउदा हेर्न नभ्याएर पराल कम खा“दियोे । काला काला टुप्पा हुदै डाठै कुहिए । नसुध्रिदाका दिन सम्म अनुहार उज्यालो थिएन । ‘मलाई त कस्तो दुःख लाग्याथ्यो ।’ सुनाउनुभयो ।

20161123_094652

योजना बनाउदा लगानि जुटाउने आ“ट चाहिन्छ । करिब आधा लाख बराबरको शुरु लगानी रहेको जिवनीको भनाई छ । पराल किन्न, टेक्टरमा बोकाउन एक्लै दौडधुप गर्नुभएको थियो । महिलाको व्यवसायमा पुरुष काम लगाउन अझै पनि समाज सा“घुरो छ । त्यसैले हुनुपर्छ पा“च सात जना सघाउनेहरुमा सबै महिलाहरु हुन्छन् । संग संगै जोतिन परपुरुष परस्त्रिका लागि परिस्थति कठोर छ । छिमेकी महिलाहरुलाई ज्यालामा लगाएर पराल काट्ने, पकाउने र प्लाष्टिकमा प्याक गर्ने काम गर्नुभयो । टहरा बनाउन, टेक्टर चलाउन भने पुरुष नभई हुदैन । ठुलो टहरा बनेको छ । तरकारी खेति गर्ने बारी टहराले वगटेको छ । भाडाको घरमा र आफ्ना कोठामा पनि च्याउ छ । फारुतिनु गर्ने निति पनि युद्धले सिकाएको हो । थोरै ओढ्ने, सानो ठाउ पनि उतिबेलै अभ्यास गरीएको हो । तिन वटा कोठाले नपुगेको परिवार एउटै कोठामा कोचिएको छ । भाडा बर्तन देखि सबै कुरा त्यसैमा अटाएका छन् । दुईटा कोठा च्याउ राखिएको छ ।20161123_094458

ढोका ढोकामा बेच्न
अहिले फल दिन थालेको छ । दुईसय देखि दुई सय पचास रुपैया प्रतिकिलो सम्म मुल्य गएको छ । दैनिक बेच्न आफै जाने गर्नुभएको छ । घर घरै लगेर ‘च्याउ खानुहुन्छ हजुर ?’ भनेर बेच्ने गरीएको छ । त्यस क्षेत्रमा मासुकै चल्ती बढि हुन्छ । हरेक घरमा सुकुटि टंगिएका छन् । हप्तै पिच्छे जस्तो भैसि काटिरहेका हुन्छन् । ‘मेरो च्याउ कोले पो खाईदेला र दाई ? वातावरण प्रति संका गर्दै थप्नुभयो ‘धेरै छैन यति त काटाई जाम्ला ।’ तर पनि निराशा देखिएन । मासुले मिछिएकाहरुले मुख फेर्ने चिज च्याउ बन्न सक्ने उनको बुझाई छ । अर्को लट तयारी थालिएको छ । पराल काट्ने, धुने, पकाउने र पोका बनाउने काम चालु छ । घाममा सेकिएर रहर गर्दै महिलाहरु ज्यालादारीमा सघाईरहेका छन् । भाले नबास्दै शुरु हुन्त तिनिहरुको काम । उज्यालो बस्दा दिन भरी पकाउन पुग्ने पराल खोला लगेर धोई सकिएको हुन्छ ।

20161123_103246जनयुद्धले के दियो ?
यति सबै गर्न उनका जा“गरले साथ दिएको हो । ‘मिठो खाने अलि बेसरी काम गर्ने भन्छु’ जिवनीले थप्नुभयो, ‘काम गर्न नडराउने लाउन खान लोभ नमान्ने बानि छ ।’ यसो त हिउदा भरी च्याउ फलाउने लक्ष्य छ । पहिलो सिजन मंसिर सम्म फल्छ । त्यसपछि अर्को लटको तयारी भएको छ । च्याउको सिजन सकिएपछि अन्य व्यापारमा लागेको जिवनीलाई भेट्न सकिन्छ । पहिलो चरणमा १५ हजारको विउ ल्याएको बताउनुभयो । कमाईे भने खोल्नु भएन । जिवनीको भनाईमा कष्ट नमानेर काम लाग्ने हो भने मिठो खान र राम्रो लगाउन अरुको आश गर्नुपर्दैन । त्यससंगै महिलाहरुमा व्यवसायीक नेतृत्व गर्नुभएको छ । तागत पनि उत्तीकैछ बच्पन छ“दै फौजी तालिम गरेको अठिलो शरीर भित्र । लडाईका मोर्चाहरुमा देखाएको विरताको सामु च्याउ खेतिमा बगाउने पसिना निकै न्युन हो । उतिबेला सहयोद्धा सदस्यहरु साथमा थिए । यतिबेला रोजगार खोज्ने महिलाहरु छन् । लड्दै सिक्दै गरेकालाई गर्दै र जान्दैमा बदल्नु परेको छ । पुर्व प्लाटुन भिसि जिविनीलाई कष्टमा पनि बा“च्न सक्ने शाहस जनयुद्धले दिएको हो ।