काठमाडौं, १३ मंसिर । ऊर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङको तालिका देख्नु नपर्ने बताए ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारम मन्त्री शर्माले उपत्यकाभित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिङ चुहावटमा देखाएको नियन्त्रणमा देखाएको जागरुकताका कारण उपत्यकाबासीले लोडसेडिङको तालिका देख्नु नपर्ने दाबी गरेका हुन् ।
उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालनमा ल्याउने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातमा सरकार लागेको उनको भनाई छ ।
