पर्सा, १३ मंसिर । कृषि विकास बैंक शाखा कार्यालय लिंक रोड वीरगञ्जबाट आइतबार राति लाखौँको सुनचाँदी चोरी भएको छ ।  बैंकबाट ९८ तोला सुन र ७ सय ४५ ग्राम चाँदी चोरी भएको शाखा प्रबन्धक नारायण शर्माले जानकारी दिए ।

2012_11_01_04_06_41_theif-340बैंकको दोस्रो तल्लामा पछाडीको बाटोबाट पसेर दराजहरु खोली सुन र चाँदी निकालिएको बैंकले जनाएको छ । दोस्रो तल्लामा रहेको लकरको साँचो खजाञ्ची, शाखा प्रबन्धक र क्षेत्रीय कार्यालय वीरगञ्जमा रहने गरेको छ । खजान्ची र शाखा प्रवन्धकसँग रहेको साँचो सुरक्षित रहे पनि क्षेत्रीय कार्यालयमा हुनु पर्ने साँचो फेला नपरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोधपुछकालागि नियन्त्रणमा लिएको छ । क्षेत्रीय कार्यालयमा हुनु पर्ने साँचोको बारेमा पनि खोजबीन भइरहेको प्रहरीले जनाएको छ ।