लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा हिजो साँझ बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना १ ख ४१२६ नंको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मृतकको सनाखत भएको छैन । घाइतेहरुको तमौली अस्पताल तनहुँमा उपचारको लागि पठाइएको छ । करिब २५ जना सवार उक्त बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटना भएको स्थान प्रहरी चौकीबाट २ घण्टाको फरकमा रहेकाले तत्काल घटनास्थलमा प्हरी पुग्न नसकेको कारण ड्राइभर फरार भएको प्रहरीले बताएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
