इन्द्रेणी संवाददाता
दाङ ६ जेठ
कुमाल र थारुका लागी खाध अधिकार समबन्धी दुईदिने क्षमता अभिबृदि तालिम आज लमहीमा सम्पन्न भएको छ । जिल्ला खाद्यअधिकार सजालका सयोजक हुमा डिसिको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यकारी अधिकृत ललितबहादुर थापाको प्रमुख आतिथ्यतामा तालिम समापन गरीएको हो ।
दुई दिने तालिममा थारु कुमालको परम्परागत पुरानो पेशामा सरोकारवालाहरुले गर्नुपर्ने भुमिका र दायित्य, सामुदायिक बन र त्यसमा भएका कानुनि प्रक्रिया, आदीबासि जनजातिको सवालमा संबिधानमा गरिएको ब्यबस्था लगाएतका सवालमा प्रशिक्षण दिईएको थियो ।
तालिमका प्रशिक्षकहरुमा फियान नेपालका क्षेत्रिय सयोजक सुरेश गौतम जिल्ला बन कार्यालय दाङका प्रमुख नबराज काफ्ले, खाधअधिकार दाङका सयोजक हुमा डिसि, महासचिब मौसम आचार्य लगाएत रहनुभएको थियो ।।