शरद रेग्मी
दाङ, १२ मंसिर । दाङमा आन्तिरिक लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आज आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै कम भइसकेको अवस्थामा तुलसीपुर क्षेत्रमा पनि पिक आवरमा उद्योग तथा कलकारखानाहरु नचलाईदिन आग्रह गरे । उनले उद्योगहरुले खपत गर्ने विद्युत सर्वसाधरणहरुलाई दैनिक कामकाजमा सहयोग पु¥याउने उदेश्यले पिक आवरमा
मात्र वेलुका ६ बजेदेखि १० बजेसम्म कुृनै पनि कलकारखानाहरु सञ्चालन नर्गन व्यवसायीहरुलाई आग्रह गरेका छन् । साथै यस अभियान अवधिभर निरन्तर अनुगमन हुने र यदि कसैले अटेरी गरेको पाईएमा मा कानुन वमोजिम कार्वाहि हुने समेत विद्युत प्राधिकरणले चेतावनी दिएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले अन्य समयमा विद्युत प्राधिकरण वाट हुने कमिकम्जोरी तत्काल सुधार गर्नू पर्ने बताए । उनले व्यवसायीहरु लोडसेडिङको मारमा निरन्तर पर्दै आइरहेको भन्दै प्राधिकरणले चुहावट नियन्त्रण र कम भोल्टेजको समस्यालाई तत्काल समाधान गर्न समेत ध्यानाकषर्ण गराएका थिए ।
