दाङ, १२ मंसिर । बयाले स्रोत केन्द्रको नियमित घुम्ती बैठक आज श्रीबाल संगीनी प्राथमिक विद्यालय पवननगर ८ घोरबन्डामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता तथा बयाले स्रोत केन्द्रका श्रोत व्यक्ति कविराज डाँगीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा यही मंसिर ३० गतेदेखि घोराहीमा सञ्चालन हुने शैक्षिक महोत्सवको प्रचारप्रसार गर्नुका साथै सहभागीता हुने, आई. टि. सी. स्टाट्सको विवरण उपलव्ध गराउने, रामनारायण मित्र छात्रवृति लक्षित समूह छात्रवृति सम्बन्धी विवरण जानकारी गराउने, स्थायी शिक्षकहरुको अध्याबधिक गराउने, वाल विकास विद्यार्थीहरुको जन्मदर्ता गराई समूह एकिन गरी विद्यार्थी संख्या उपलब्ध गराउने, अर्धवार्षिक परिक्षा पश्चात छात्रवृती वितरणको व्यवस्था मिलाउने लगायत शिक्षा सम्बन्धी अन्य समसामायिक विषयमा छलफल गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक गौमती कुमारी थापाको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।











