इन्द्रेणी संवाददाता
घोराही, १२ मंसिर । विहानको कठ्याङ्ग्रीदो जाडोको प्रवाह नगरी महेन्द्र वहुमुखी क्याम्पस घोराहीको प्राङ्गणमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी महेन्द्र वहुमुखी क्याम्पस मुल इकाई कमिटीको अगुवाइमा युद्द स्तरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
राप्तीकै प्रमुख शैक्षिक गन्तव्य तथा पुरानो क्याम्पसको रुपमा परिचित क्याम्पसमा वढ्दै गएको वनमारा लगायत अन्य झार एवम फोहोरहरु वढ्दै गएको र क्याम्पस प्रशाशनले उचित व्यवस्थापन गर्न नसकेको अवश्थामा आफ्नो जिम्मेवारी वोध गर्दै आफुहरुले सरसफाई कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु क्रान्तिकारी जनाएको छ । सरसफाई गरे लगत्तै औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो ।
ईकाई अध्यक्ष प्रदिप विष्टको अध्यक्षता एवम अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव एवम प्रदेश न पाचका ईन्चार्ज ध्रुवविक्रम ओलीको प्रमुख आतिथ्यता एवम क्याम्पस प्रमुख विमल सुवेदी र त्रिवि कर्मचारी संघका केन्द्रिय सदस्य गजराज अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै ओलीले अनेरास्ववियु क्रान्तिकारी सदैव विद्यार्थी हकहितमा प्रतिवद्द रहेको वताउदै आफ्नो संगठन रचनात्मक कार्य गर्नमा पनि अग्रसर रहेको वताउनु भएको थियो । उहाले क्याम्पस प्राङ्गणमा अनेरास्ववियुले युद्द स्तरमा सरसफाई कार्यक्रमको आयोजना गरेको वताउदै उहाले संगठनले आफ्नो जिम्मेवारी वोध गरेको वताउनु भएको थियो ।
उहाले अनेरास्ववियु क्रान्तिकारी अहिले देशै भरी विद्यार्थी जागरण कार्यक्रम संचालन गरेको वताउदै दाङको महेन्द्र वहुमुखी क्याम्पसवाट दाङमा अभियानको उद्घाटन गर्ने वताउनु भएको थियो । उहाले समग्र विद्यार्थी हकहितमा हुने कार्यमा सवै विद्यार्थी संगठन एक ठाउमा उभिनु पर्नेमा जोड दिनु भएको थियो । अर्को फरक प्रसंगमा उहाले क्याम्पस प्रशासन र क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन क्याम्पसको समग्र विकास शैक्षिक सुधार एवम घट्दै गएको विद्यार्थी अनुपातलाइ वढाउनका लागी गम्भिरताका साथ लाग्न पनि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख सुवेदीले क्याम्पसमा कर्मचारीको अभावमा आफुहरुले पूर्ण सरसफाई गर्न नसकेको अवश्थामा क्रान्तिकारीले आफ्नो जिम्मेवारी वोध गर्दै क्याम्पस प्राङ्गण सरसफाई गरेर रचनात्मक कार्य गरेको भन्दै धन्यवाद दिनु भएको थियो ।उहाले आफु क्याम्पसको भौतिक सुधार र शैक्षिक सुधारका लागी प्रतिवद्द रहेको वताउदै त्यसमा आवश्यक सहयोग गथ्न सवैमा आग्रह गर्नु भएको थियो ।
कार्यक्रम अनेरास्वविय क्रान्तिकारीका सचिवालय सदस्य एवम जिल्ला इन्चार्ज गोपाल घर्ती केन्द्रिय सदस्यहरु जंग रोका घनस्याम पुन अन्जनी पुन लगायतको उपस्थिती रहेको थियो भने विप्लव माओवादी निकट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हेमन्त जिसी नेविसंघ म व क्या का ईकाई सभापति शिवराज खनाल अनेरास्ववियुका संगित अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण अनेरास्ववियु क्रान्तिकारीका इकाई सचिव गिरवहादुर महराले गर्नु भएको थियो भने अनेरास्ववियु क्रान्तिकारीका नेता हिरासिंह रानाले धन्यवाद ज्ञापन मन्तव्य राख्नु भएको थियो ।