राजविराज, १२ मंसिर । जिल्ला प्रशासन कार्यालयमा आज मध्यन्न बम फेला परेको छ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतम बस्ने कार्यालय अगाडि झोलामा राखिएको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

b5b9e0aa13ab0ec7631846c31cf7f168बम निष्क्रिय गर्न कृष्णगण दल राजविराजबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि खटिएका थिए । बम जनजान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले राखेको खुलेको छ । जनजान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय संयोजक जयकृष्ण गोइतले पत्रकारहरुलाई सम्पर्क गरेर जिल्ला प्रशासनमा आफूहरुले बम राखेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् ।

कृष्ण दल गणका सह(सेनानी आशीष तामाङको नेतृत्वमा सेनाको टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिरहेको छ । तर मध्यान्ह साढे १२ बजे भेटिएको बम अझै निष्क्रिय पार्न सकिएको छैन । बम भेटिएपछि स्थानीयबासी त्रसित भएका छन् । बम राखिएको पाइएपछि कार्यालय परिसर र वरपरको क्षेत्र खाली गराइएको छ।