जुम्ला, १२ मंसिर । जुम्लामा करेन्ट लागेर साना जलविद्युत उपभोक्ता समितिमा काम गर्ने दिनेशनाथ योगीको ज्यान गएको छ । जुम्ला चन्दननाथ नगरापालिका-८ छिनागाउँका ३८ वर्षका दिनेशनाथको बिजुलीको पोलमा काम गर्दा करेन्ट लागेर ज्यान गएको हो ।

courant-466x330उनी बत्ति बनाउने क्रममा जिल्ला भूसंरक्षण कार्यालयको अगाडिको पोलमा करेन्ट लागेर बिहान ८ बजे गम्भीर घाइते भएका थिए । उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।