काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा यातायातका नयाँ बसको उद्घाटन गरेका छन् । बसको उद्घाटन सँगै प्रम दाहाल ललितपुरको पुल्चोकबाट सिंहदरबारसम्म सोही गाडीमा गएका छन् ।
साझाका नयाँ ३० गाडीको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, आपूर्तिमन्त्री दीपक बोहोरा सिंहदरबार साझाको गाडीमा फर्किएका हुन् । थप ३० बस थपिएसँगै साझासँग बसको संख्या ४६ पुगेको छ।
३८ वटा बस उपत्यकामा र ८ वटा बस उपत्यका बाहिर लामो रुटमा चलाइने साझाले जनाएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा साझाले अपांगमैत्री बस सञ्चालनमा ल्याएको छ ।
