काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले आफूहरुले अघि सारेको संविधान संशोधनका विषयमा मधेसी मोर्चाले साथ नदिने हो भने संसदमा दर्ता नगर्ने बताएका छन् । उनले मधेसी मोर्चाले पूर्वसहमति नदिने हो भने आफूहरु अर्कै बाटो समात्न बाध्य हुने चेतावनी दिएका छन् ।

prachanda-11सत्तारुढ माओवादीको हेडक्वार्टर र पोलिटब्युरो हिजो वसेको बैठकमा प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव सरकारले तयार पारिसकेको बताउँदै मधेसी मोर्चाले सहमति नजाएसम्म दर्ता गर्नुको औचित्य नहुने बताए ।

उनले मधेस मोर्चाले सहमति नजनाए पार्टीको एजेण्डा अनुसार संशोधन दर्ता गर्ने बताए । यसका लागि सत्तारुढ प्रमुख घटक कांग्रेसले सहमति दिनुपर्ने उनको शर्त छ । प्रधानमन्त्री दाहालले सरकारको प्रस्तावमा मधेसी मोर्चाले सहमति नजनाउने र कांग्रेसले अर्को प्रस्ताव लैजान नदिने हो भने संशोधन नै दर्ता नहुन सक्ने बताए ।