पाल्पा, १२ मंसिर । संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले आज जिल्लाका शैक्षिक संस्था बन्द गराएका छन् । बिनु पुलामीका हत्यालाई पक्राउ गर्नु पर्ने र पाँच वर्षदेखि बेपत्ता सेन उच्च माविका विधार्थी किशोर न्यौपानेलाई सार्वजनिक गर्न माग गर्दै विद्यार्थी संगठनले शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।
पाल्पामा विद्यार्थी असुरक्षित भएको भन्दै विरोधमा बन्द गरिएको विद्यार्थी संगठनले बताएका छन् । पाल्पा कलेजमा स्नाकोतर तहमा अध्ययनरत बिनु पुलामीको शव फेला पछि परिवारले किटानी जाहेरी दिएको भएपनि उहाँका श्रीमान फरार भएका छन् । विद्यार्थी संगठनले फरार बिनुका श्रीमानसहित हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।