helth

दिपक बोहरा , तुलसीपुर १२ मसिर ।  दाङमा चालु आर्थिक बर्ष २०७३/०७४ मा  स्वास्थ्य क्षेत्रका लागि ११ वटा भवन निर्माण गरिने भएको छ ।  नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले दाङमा स्वास्थ्य क्षेत्रका लागि ११  वटा भवन निर्माण गर्न सिफारिस गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।

जनस्वास्थ्य कार्यालय दाङका प्रमुख धनश्याम पोख्रेलका अनुसार दाङका छ वटा स्वास्थ्य चौकीमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण, नर्सिङ आबासका लागि तीन वटा भवन , बर्थिङ युनिट सञ्चालनका लागि एउटा  र डाक्टर आबासका लागि एउटा भवन निर्माण हुने जानकरी दिए । प्रमुख पौडेलका अनुसार  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा थप दुईवटा नयाँ आवासिय भवन निर्माण गरिने छ ।

त्यसमध्ये एउटा भवन १२ परिवारका मानिसहरु अटाउन सक्ने क्षमता भएको नर्सिङ भवन र अर्को डाक्टर आबासका लागि आठ परिवार अटाउन सक्ने क्षमता भएको भवन निर्माण गरिने उनले जानकारी दिए ।

त्यस्तै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पनि १२ परिवार अटाउने क्षमताको आवासिय भवन निर्माण गरिने भएको छ । त्यस्तै श्रीगाउ प्राथामिक स्वास्थ्य केन्द्रमा चार जनाको परिवार बस्ने मिल्ने क्षमता भएका एक÷एक वटा आवास भवन निर्माण गरिने प्रमुख पोख्रेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले दाङको गंगापरस्पुर , हलवार , गोल्टाकुरी,रामपुर,लालमटिया र सिसहनिँया स्वास्थ्य चौकीमा समेत एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गर्नका लागि केन्द्रमा  सिफारिस गरेको थियो ।  त्यस्तै मन्त्रालयले बर्थिङ् युनिट सञ्चालनका लागि कोईलाबास वास्थ्य चौकिमा दुई जना अनमिको परिवार बस्ने क्षमता भएको भवन निर्माण गर्न भएको छ ।

दाङमा निर्माण हुन लागेका ६ स्वास्थ्य चौकीका भवन मध्य  दुईवटा स्वास्थ्य चौकीका भवन स्ट्यान्डर्ड डिजाईन र अन्य चार वटा स्वास्थ्य चौकीका भवनहरु टाईप एक प्रकारले निर्माण हुने जनस्वास्थ्य प्रमुख पोख्रेलले बताए ।  जिआईएस म्यापिङ अनुसार स्वास्थ्य संस्थाबाट दुई किलो मिटर एरियल डिस्ट्यान्स भित्रको (रेडियस भित्रका ) जनसंख्यालाई आधार मानिएको (सात हजार भन्दा माथि जनसंख्या भएकोमा स्ट्यान्डर्ड डिजाईन भनिन्छ भने तीन हजार देखी सात हजार जनसंख्या भएकोलाई टाईप एक भन्नेगरिन्छ ।

राप्तीका पहाडी जिल्लामा २६ श्वास्थ्य चौकी निर्माण गरिने

यसैविच दाङ बाहेक राप्ती अञ्चलका थप चारवटा पहाडी जिल्लाहरुमा २६ वटा त्यस्ता श्वास्थ्य चौकी निर्माणको तयारी स्वाथ्य मन्त्रलायले गरेको छ । जसअनुसार रोल्पामा एउटा प्राथमिक स्वास्थ्य चौकिको भवन निर्माण गरिदै छ ।  रोल्पाको त्यो प्राथमिक श्वास्थ्य चौकी भवन दश बेडको हुने छ । यहाँपनि स्ट्यान्डर्ड भवन निर्माण हुने छ ।

त्यस्तै रोल्पाका अन्य विभिन्न आठ वटा स्थानमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गरिने भएका छन् । रोल्पाको  नेर्पा , गाम , केबरी , ढुबिडाँडा,बुढागाँउ, खुग्री,राँक र बडाचौर स्वास्थ्य चौकीमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गरिने भएका छन्  ।

त्यस्तै रुकुममा सातवटा स्वास्थ्य चौकीमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गरिने भएको छ  । स्वास्थ्य मन्त्रालयले रुकुमको खारा, काँडा, मोराबाङ्,भलाक्चा , सिम्ली , पिपल र हुकाम स्वास्थ्य चौकिमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गर्ने योजना तयार पारेको छ । त्यस्तै प्यूठान जिल्लामा पनि सातवटा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गरिनेछन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानको बाँङ्गेसाल,पकला, तिराम, डाम्री, तोरबाङ र लिबाङ स्वास्थ्य चौकीमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गरिने छ ।

त्यसैगरी सल्यानका तीनवटा स्वास्थ्य चौकीमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण हुने छन्  । सल्यानका त्रिबेणी , पिपल नेटा र बाँफु खोला स्वास्थ्य चौकीमा एकीकृत डिजाईनको नयाँ हेल्थ पोष्ट भवन निर्माण गरिने स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।