गोविन्द खड्का
घोराही, ११ मंसिर  । विउ किन्दा, ज्यामी लगाउन, जमिन भाडा तिर्न घोराही २ कर्जाहिका मनराज बा“ठाको करीव सात लाख खर्च भयो । फागुनमा एक विघाहमा लगाएको उखुले पुस माघमा पुग्दा करीव १५ लाख बढि लाभ दियो । यो बर्ष त्यसको दोब्बर बढ्ने किसान बा“ठाले अनुमान गर्नुभएको छ ।

15225221_1347532785280633_1892493737_o

घोराही धारापानी सडक संग जोडिएको खेतमा उखु खेति गरीएको छ । पैदल यात्रिले पनि कटहर बुटा विपिचोक बाट हिडेर विस मिनेटको हाराहारीमा उखुबारी भेटाउन सक्छ । जसले भेट्छ त्यो चकित हुन्छ । आफै उमे्रको जंगल होकि जस्तो उखुका झाङ छन् । ति बारी भित्र धेरै आ“ख्ला भएका डा“ठ छन् । अत्यन्तै रोमाञ्ति बातावरण छ भित्र भित्रै एउटा कुना बाट अर्को टुप्पा पुग्दा । उखु किन्न पुगेका मित्र घर्ति एक फन्को मारेपछि दंग देखिन्थे । ‘कसरी भयो ?’ भनेर सोधिरहेका थिए ।

किसान बा“ठाका कुरा सुन्दै र उखु बारी हेर्दै गर्नेहो भने तेब्बर फाईदा हुने अनुमानले ठ्याक्कै मेल खान्थ्यो । त्यो बिशाल उखु बारी र त्यस भित्र ठुल्ठुला कल्कलाउदा डा“ठहरु त्यसका आधार हुन् । धेरै आ“ख्ला भएका एउटै घारमा धेरै गोटा छन् । हरेक बर्ष घार बढ्दै जानाले एउटै बोटमा एक भारी भन्दा बढि हुने उहाले बताउनुभयो । त्यसो हो भने गनि नसकिने घार छन् । मान्छेले बोक्ने भारी होईन ट्रकको कति लोड अनुमान गर्न सकिन्न । पहिलो बर्ष पा“च छ ट्रक अनुमान गरेका थिए । त्यस बेला एक विघामा थियो । अहिले पा“च बिघामा फैलिएको छ ।

15225343_1347533898613855_479910_o

त्यो बिशाल उखुको बगै“चा एक्लैले गरेको प्रयास बाट सफल भयो । काठमाण्डौमा बुंगुर पालन लगाएत अन्य पेशामा हण्डर खाएका बा“ठा कर्जाहिमा हौसियका छन् । ‘दश बर्ष सम्म लाभ दिन्छ’ बगैचामा रेखदेख गर्देै गर्दा भेटिएका बाठाले थप्नुभयो, ‘पानी कम हुने ठाउ पनि हुन्छ । भाद्र असोज सम्मको बर्षातले धान्छ ।’ उहाका अनुसार बरु पानी जम्ने ठाउमा अलि विग्रीन्छ । हिउदमा मल हाल्ने, घारहरु माटोले पुर्दिैन चल्ला निकाल्न सजिलो बनाईदिन । त्यसबाहेक खास्सै मेहनत छैन ।

15224623_1347533531947225_412553968_o

एक काको बार्षिक तिन हजार भाडा तिर्छन् । एक बिघाहका लागि जोरजुलुम गरेर बिउको व्यवस्था गरे । बिउको मुल्य उठाउन उखु बेचेर पनि पा“च विघाहपुग्ने बिउ अर्को फाईदा त्यहि बाट आयो । दुई बर्षमा यसरी झांगिने बाठाले पनि सोचेका थिएनन् । पहिलो सिजनमै दोब्बर बनेर उब्जियो । दोश्रो सिजनमा पुग्दा तेब्बर बढि । दश बर्ष सम्म यसरीने फैलिदै जाने छ । हातमा खुर्पा बोकेका बा“ठाले बिग्रीएका काट्दै गर्नुहुन्थ्यो । सुकेका पात सोहर्नुभयो । विचमा कतै कतै आगो लगाईएको थियो । उखुको गाडमेल पछि सुकेका पातहरु जलाएको जानकारी दिनुभयो ।

15183868_1347533215280590_1291521866_o

डर मुसाको छ । ‘जनयुद्धमा त्यसता शुरुङ के बने होलान् ? रुकुम दुलि स्थाई घर भएका बा“ठाले ठट्यौलि पारामा हा“स्दै भन्नुभयो, ‘सबैतिर टनेलै टनेल बनाईदिएको छ ।’ उहाका अनुसार दिनमा दुई तिन सयको औषाधि हालेपछि मात्रै मुसा नियन्त्रण गर्न सकिएको छ । जरा खोल्छ उखु भत्रक्कै ढाल्दीन्छ । उम्रिन लागेका टुसाका कलिला मुना पनि बिगार्छ र नियन्त्रण नगरे खेतिनै मास्ने खतरा हुन्छ । धान सकिएपछि अन्तका मुसा त्यतै आएका छन् । खुबै सिपालु छ मुसा । छेउ छाउ बाट खोल्दै भित्र पस्छ ।

माघि सकिएपछि शुरु हुन्छ उखु व्यापार । बाह्रकुने मेलामा अलि धेरै विक्री हुन्छ । धारपानी जाने तरुन तन्नेरीले लैजान्छन् । त्यस बाहेक बिउको रुपमा बिक्रिहुने गरेको छ । बारी हेर्न जानेजतिले उखु व्यवसायमा चासो लिएका छन् । बिच बारीमा सानो फाल्सो देखाउदै पाच हजारमा विक्री गरेको बताउनुभयो । ढलेका उखु बेचेको त्यो ठाउ“ अरिंगाले सर्पको कुन खुट्टा खस्यो भन्या जस्तै लाग्थ्यो । मुखमा सानो गोठ छ । त्यहा हेरालुहरु सुत्छन् । तिनका साथमा तकडा कुकुर छ । ‘चोर्न जानेलाई झम्टिन बेर गर्दैन’ उहाले भन्नुभयो, ‘सुस्तरी आउने एक जनालाई त टोके छ ।’ बा“ठाका अनुसार व्यवसायीक उखु उत्पादनमा सजिलो छ बजारको लागि सुगम जिल्ला भएकाले अफ्ठेरो हुन्न । सबै कुराको अनुकुल मिलेकाले तिब्र गतिमा बढ्दै छ उखु उत्पादन ।