चेतन रेग्मी
तुलसीपुर ११ मंसीर । मानवअधिकार तथा शान्ति समाजको केन्द्रिय सचिवमा दाङका पत्रकार सुशिल बस्नेत निर्वा्चित हुनु भएको छ । शुक्रवार र शनिवार गरी दुइ दिन बुटवलमा चलेको शान्ति समाजको केन्द्रिय अधिवेसनवाट पत्रकार बस्नेत प्रदेश नम्बर ५ वाट सर्वसम्मत केन्द्रिय सचिवमा निर्वा्चित हुनु भएको हो । पत्रकार बस्नत दाङको तुलसिपुरमा रहेर लामोसमयदेखि पत्रकारीता क्षेत्रमा क्रीयाशिल हुनुहुन्छ भने दर्जनौ सामाजिक संस्थाका विभीन्न पदमा रहेर काम गरीरहनु भएको छ ।
प्रेस युनियन दाङका अध्यक्षसमेत रहनु भएका बस्नेत शान्ति समाज दाङ शाखाको केन्द्रिय सदस्य एव पुर्व जिल्ला सभापती भएर काम गरी सक्नु भएको छ । जिल्ला शाखा दाङले केन्द्रिय सदस्य एवम पुर्व जिल्ला सभापती उहालाई केन्द्रिय सचिवमा प्रस्ताव गरेको थियो । त्यस्तै मानवअधिकारी तथा शान्ति समाजको सह सचिवमा दाङकी पुष्पा केसि निर्विरोध चयन भएकि छिन् । शान्ति समाजको १९ औँ राष्ट्रिय परीषद तथा अधिवेसनवाट पत्रकार केसि महीलातर्फ सचिव पदमा निर्विरोध चयन भएकि हुन् ।
दुई दिनसम्म संचालन भएको अधिवेशनले सभापतीमा गंगाधर अधीकारी,बरीष्ट उपसभापतीमा रामजी प्रशाद सुबेदी,उपसभापतीहरुमा गोबिन्द खनाल,रेनुका पौडेल, कोषाध्यक्षमा बटुकृष्ण ढुंगेल लगाएत २७ जनालाइ निर्बीरोध निर्वाचीत गरेको छ । यता, केन्द्रिय सचिवमा सर्वसम्मत निर्वा्चित भएपछि बस्नेत र केसीले आफुलाई समाजको केन्द्रिय अधिवेसनवाट सर्वसम्मत निर्वा्चित गराएकोमा प्रतिनिधि, सहमतिका लागि भुमिका खेल्ने जिल्ला शाखा लगायत शुभेच्छुक सबैलाई धन्यवाद दिदै आभार एंव कृतज्ञता प्रकट गर्नु भएको छ । अधिवेशन आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।