काठमाडौ, ११ मंसिर । सरकारले चालु आर्थिक वर्षको ४ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको मंसिर पहिलो सातासम्म १ खर्व ७० अर्व रुपैयाँ हाराहारीमा राजश्व संकलनको लक्ष्य रहेकोमा गत बिहीवारसम्म सरकारले १ खर्व ७७ अर्व राजश्व संकलन गरिसकेको छ । समग्र लक्ष्यको झण्डै ३२ प्रतिशत राजश्व संकलन भईसकेको महालेखा परिक्षक नियन्त्रण कार्यलयले जनाएको छ । चालु वर्षको झण्डै ५ महिनामा ५ प्रतिशत हाराहारीमा मात्रै विकास खर्च भएको छ ।
विकास निर्माणका लागि यो वर्ष ३ खर्व ११ अर्व भन्दा वढी रकम विनियोजन गरेको सरकारले मंसिर ९ गते गत बिहीवारसम्म जम्मा १७ अर्व ४७ करोड रुपैया मात्रै खर्च गर्न सकेको छ । पुनर्निमार्णमा भईरहेको ढिलाई तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा खर्च हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएको हो । सरकार परिवर्तन तथा राजनीतिक अस्थिरताले विकास खर्च प्रभावित भएको छ ।।