काठमाडौ, ११ मंसिर  । नेकपा माओवादी केन्द्रले अन्य दलहरुसँगको छलफल पछिमात्र संविधान संसोधनबारे आफ्नो धारणा बनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यालय बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलहरुसँगको छलफल पछि मात्र पार्टीगत धारणा तय गर्ने निर्णय गरेको हो ।

perisdanda-UCPN_815132376त्यसका लागि संविधान संसोधन विधेयक दर्ता अघि र पछि दलीय छलफल गर्ने निश्कर्ष निकालेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी लगायतका नेताले प्रदेश सीमांकन हेरफेर गर्न नुहने तर्क गरेपछि माओवादीले साझा धारणा तय गर्न अन्य दलसँगको छलफललाई पनि जारी राख्ने निर्णय गरेको हो ।

सरकारले भोली दर्ता गर्ने तयारी गरेको संविधान संशोधन विधेयक पारितका लागि हरसम्भव प्रयास गर्ने बताएको माओवादी केन्द्रले बैठकबाट आवश्यक रणनीति समेत बनाउनेछ । संविधान संशोधनमा देखिएको विवाद र भावी रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको माओवादी केन्द्रको बैठक बसेको छ ।।