प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सिमांकनबारे संविधान संशोधन हुनै नसक्ने बताउनु भएको छ । रिपोर्टस क्लवमा भएको कार्यक्रममा उहाँले अहिले प्रदेशको सिमांकनबारे संशोधन गरिए त्यो संविधान विपरित हुने समेत जिकिर गर्नुभयो । उहाँले प्रदेशको सिमांकन संशोधन गर्ने हो भने पहिला प्रदेशको निर्वाचन गर्नुपर्ने जिकिर गर्नुभयो ।

rabindraअधिकारीले आफ्नो पार्टीलाई संविधान संशोधनको विरोधी हो भनेर जबरजस्ती प्रचार गरिएकोमा असन्तुष्टि पोख्दै भन्नुभयो एमाले संविधान संशोधनको विरोधी होईन, तर संशोधनको औचित्य पुष्टि हुनुपर्यो भन्ने हाम्रो कुरा हो, अहिले सरकारले संशोधन प्रस्ताव ल्याउने हल्ला चलिरहेको छ, एमालेले औचित्यको आधारमा समर्थन वा विरोध गर्छ ।’