काठमाडौ १० मंसिर । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै अनसनमा बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु आजदेखि बहिरंग विभागका (ओपिडी) सेवामा सहभागी नहुने भएका छन् ।

gobindaरेजिडेन्ट र चिकित्साका विद्यार्थीहरुका संघ संगठनले पनि संयुक्त रुपमा कडा आन्दोलन गर्ने निर्णय गरेका छन् । डा। केसीका मागबारे सम्वन्धित निकायले कुनै कदम नचालेकाले बाध्य भएर उनको जीवन रक्षाका लागि आन्दोलनका चरणवद्घ कार्यक्रम सार्वजनिक गरेको नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले सरकारी उदासिनताप्रति खेदसमेत प्रकट गरेको छ । एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले स्वास्थ्य स्थिति दिनदिनै कमजोर हुँदै गएपछि बाध्य भएर विरोधका कार्यक्रम सार्वजनिक गरेको बताए ।