एजेन्सी, ९ मंसिर । जापानमा फेरी शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहीबार विहान ६ बजेर ३० मिनेट जाँदा ६.१ रेक्टर स्केलको भूकम्प अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

160415184612_japan_arthquake_kumamoto_624x351_ap-1यो भूकम्पपछि लगातार तीन पराकम्प गइसकेको छ । ४.६ देखि ३.८ का पराकम्प गएको सञ्चार माध्यमले जनाएका छन् । भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको जानकारी छैन । साथै हालसम्म सुनामीको पनि चेतावनी दिइएको छैन ।

यो भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिममा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ । सोही क्षेत्रमा तीन दिनअघि मात्र ७।१ रेक्टरको भूकम्प गएको थियो । त्यसबेला भने सुनामीको चेतावनी दिइएको थियो ।