![aGbLu[xd} 5f]/L hlGdg;ft jifL{of 5f]/Lsf] xTof cleof]udf l](https://www.indrenionline.com/wp-content/uploads/2016/11/1479915049274_KU_Rolpa_sutkeri-696x536.jpg)
रोल्पा, ९ मंसिर । छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले छोरी जन्माएकी छिन् । खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएकी हुन ।
![aGbLu[xd} 5f]/L hlGdg ;ft jifL{of 5f]/Lsf] xTof cleof]udf lhNnf sf/fuf/ /f]Nkfsf] aGbLu[xdf /x]sL v'd]n% /f]NkfsL wgf a'9fyf]sLn] a'waf/ aGbLu[xd} csL{ 5f]/Lsf] hGd lbPsL l5g . tl:a/M sljtf pkfWofo, /f]Nkf, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/11/1479915049274_KU_Rolpa_sutkeri-300x231.jpg)
“हामीले सुत्केरीलाई १० मीटर कोरा कपडा, यौटा साधा साडी, सुत्केरी अवधिभरका लागि एक हजार, प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानोलगायतका खाद्यान्न दिएका छौं । यसबाहेक जाडोका कपडाहरु तथा अन्य सामाग्रीहरु कसैले उपलब्ध गराए बच्चा र आमा दुवैलाई थप सहयोग मिल्ने थियो”, कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीले भने ।
ती बन्दी महिलाको आर्थिक अवस्था निकै कमजोर छ भने शारीरिक अवस्था पनि निकै कमजोर देखिएको छ । उनी जेल परेदेखि अहिलेसम्म घर परिवार उनलाई भेट्न आएका छैनन् । उनको घरमा पति गोपाल बुढाथोकी, तीन वर्षीय छोरासमेत रहेका छन् ।
