पर्सा, ९ मंसिर । योग गुरु रामदेवले नेपालमा एक हजार देखि १० हजार करोडसम्मको कृषि उद्योग खोल्न सकिने बताएका छन् ।

baba-ramdev-ap_650x400_41459855928वीरगन्ज उद्योग वाणिज्य सङ्घमा आयोजना हिजो गरिएको पत्रकार सम्मेलनमा नेपालमा नेपालमा पतञ्जलीको उद्योग स्थापना हुन थालेको भन्दै पहिलो चरणमा एक हजारजनालाई रोजगारी दिने र पछि एकहजार करोडदेखि १० हजार करोडको कृषि उत्पादनको उद्योग खुल्ने बताए ।

उनले आध्यामिक उन्नतिसँगै आर्थिक उन्नतिको लागि योगको महत्त्व रहेको चर्चा गरे । उनले नेपालमा उत्पादित पतञ्जलीका सामान बेचेर एक पैसा पनि भारत नलाने बताउँदै सबै नेपालको समृद्धिका लागि लगाउने घोषणा गरे ।

औद्योगिक विकास, शिक्षा, स्वास्थ्य लगायतमा क्रान्तिकारी परिवर्तनको आवश्यकता रहेको भन्दै बाबा रामदेवले भविष्यमा नेपालमा पतञ्जली विश्वविद्यालय स्थापना गर्ने योजना रहेको बताए ।

सबै समस्याको जड कुविचार रहेको बताउँदै उनले तन मात्र राम्रो नबनाई मन पनि राम्रो बनाउनुपर्ने भएकोले योगको माध्यमबाट कराँैडौ वर्षको आध्यात्मिक विरासत नेपालमा स्थापित हुने विश्वास व्यक्त गरे ।