काठमाडौं, ८ मंसिर । तपाइँलाई अच्चमा लाग्न सक्छ मन्त्रीले नै उद्घाटन गरेको अस्पताल अबैध भएको सुन्दा । तर, यस्तै भएको छ नुवाकोटको तारुकामा ।
नुवाकोटको तारुका– १ जोरचौतारामा निर्माण गरेको गौरा–पार्वती सामुदायिक अस्पतालले अनुमति नै नलिइ भवन निर्माण गरेको पाइएको छ । अस्पतालले मापदण्ड पालना नगरी भवन बनाएको भेटिएको हो ।

bf93acbfe17ca96fe49511786e062df6सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको र भवनको मापदण्ड समेत पूरा नभएको पाँच शैयाको अस्पतालको उद्घाटन भवन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले गएको आइतबार हेलिकोप्टरमा आएर गरेका थिए ।

स्विट्जरल्यान्डका नागरिक बनहार्ट बुलर लगायतका विदेशी दाताको सहयोगमा ६५ लाख रुपैयाँमा निर्माण भएको निजी अस्पताल मन्त्रीले नै उद्घाटन गरेपनि नियामक निकाय जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटबाट अनुमति नै नलिएको कार्यालय प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिए ।

“स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार जिल्लामा सञ्चालन हुन चाहने २५ शैयासम्मको अस्पतालको अनुमति स्वास्थ्य कर्यालयबाट लिनुपर्ने हुन्छ”, वरिष्ठ जनस्वास्थ्य अधिकृत उपाध्ययले भने, “पाँच शैयाको अस्पताल सञ्चालन भएको खबर पाए, दर्ताको लागि प्रक्रियामा समेत आएका छैनन् ।”

विदेशी दाताको सहयोगमा पर्यटयन व्यवसयाी मोहन लम्साल अध्यक्ष रहेको अस्पताल तत्कालको लागी पाँच कोठाका निर्माण गरी आइतबारदेखि सञ्चालनमा आएको हो । विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल गौरा–पार्वती सामुदायिक अस्पताल भनिए पनि स्थानीय केही सिमिति व्यक्तिको मात्र लगानी रहेको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद्, तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका वर्तमान शहरी विकास मन्त्री केसीले उद्घाटन गरी सञ्चालनमा आएको घोषणा गरेपनि अस्पतालमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन अझै गरिएको छैन । अस्पतालले सेवा आरम्भ सुरु गरेको उद्घाटन सत्रमा अस्पताल सञ्चालक समितिका अध्यक्ष लम्सालले दिएका थिए ।