जयानन्द अधिकारी
कालिकोट, ८ मंसिर । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरी शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यायालयमा गुणस्तरीय सिकाईको वातावरण निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि गर्नका लागि कालिकोटको लालु गा।वि।मा शैक्षिक इतिहासमै पहिलो पटक स्थानिय शैक्षिक सामाग्री पर्दशर्नी मेला सम्पन्न भएको छ ।
गाउँ शिक्षा समितिको आयोजनामा गाउँ शिक्षा समिति लालुका सदस्य बेला बोहोराको अध्यक्षता तथा जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा गाउँ शिक्षा समिति लालुका सदस्य सचिव मानबहादुर शाहीको प्रमुख अतिथ्यता रहेको उक्त मेलामा लालु गाविसबाट ११ वटा विद्यालय र माल्कोट २ गरी १३ वटा विद्यालयले भाग लिएका थिए ।
मेला सञ्चालनका लागि आर्थिक सहयोग सेभ द चिल्ड्रृेन र जिल्ला शिक्षा कार्यालयसंगको समन्वयतथा किर्डाक नेपालका लिकोटद्धारा सञ्चालित सहयात्रा परियोजनाले गरेको थियो । मेलामा स्थानियस्तरमापाईने तथा मूल्य नपर्ने सामाग्रीबाट निर्मित शैक्षीक सामाग्रीको पर्दशनी गरिएको थियो । १३ वटा स्टल रहेको जनप्रभातमा।विमा स्थानिय शैक्षिक सामाग्री, शिक्षक र सानानानीहरुले भरिपूर्ण थिए ।
विद्यार्थी तथा शिक्षकहरुले एक आपसमा सामाग्री निर्माण प्रक्रिया, कक्षा कोठामा प्रयोग गर्ने विधि, यसको पाठ्यपुस्तक तथा विषय बस्तु संगको सान्दर्भिकता र शिक्षण शिकाई प्रक्रियामायसको सान्दर्भिक्ताबारे छलफलले वातावरणलाई अझै मनमोहक बनाएको थियो । जनप्रभात माविका शिक्षक निर्मल कुमार विष्टको संयोजकत्वमा ५ सदस्यीय मुल्याङ्कन टोलीको चयन गरिएको थियो ।
उक्त टोलीले निश्चीत मापदण्ड बनाई सबै स्तलमा राखिएका सामाग्रीको मुल्याङ्कन गरेको थियो । जसमाश्री शान्ती मावि माल्कोट प्रथम, जनउत्थान प्रावि चिनाडी लालु दोश्रो, रुपादेवी निमावि तेश्रो र जनप्रभात माविले शान्त्वनास्थानप्राप्त गरेका छन् ।
गाउँशिक्षा समितिका सदस्य सचिव तथा जनप्रभात माविका प्रधानाध्यपकश्री मान ब। शाहीले भने “यो मेलाले हामीमा शैक्षिक सामाग्री निर्माण, प्रयोग सम्बन्धिथपउर्जा थपेको छ र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको छ यसको प्रभाव अव हरेक कक्षा कोठामा देख्न पाईनेछ ।”
सेभ द चिल्डेन र किर्डाक नेपालको साझेदारीमा सहयात्रा परियोजनाले १२ वटा गा।वि।सहरुका १०८ वटा विद्यालय र ९० वटा प्रारम्भिक बालविकास केन्द्रलाई
लक्षितगरि काम गरिरहेको छ । यस परियोजनाले विषेश गरि नेपाल सरकारको कार्यव्यन उन्मूखकार्यक्रम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपि) र प्रारम्भिकतह पठन विकासलाई विषेश टेवादिदै विद्यालयमा सिकाई वातावरणको निर्माणद्धरा विद्यार्थीहरुको सिकाई उपलब्धिमा सुधार गदै दलित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको शैक्षिक विकास गर्दै आएको छ ।
