काठमाडौं, ९ मंसिर । सरकारले प्रदेश नम्बर ५ बाट पाँच पहाडी जिल्ला टुक्राउने गरी सविधान संशोधन तयारी अघि बढाएको छ ।

nepal-map-624x339सत्ता साझेदार नेपाली काँग्रेस–माओवादी केन्द्र र संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच बुधबार भएको छलफलमा हाललाई ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्नेगरी संसदमा संशोधन विधेयक दर्ता गराउने सहमति जुटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा बसेको बैठकमा सहभागी नेताका अनुसार संविधान संशोधनका लागि ५ नम्बर प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा प्रदेश नंम्बर ४ तथा प्युठान र रोल्पा,प्रदेश नम्बर ६ मा भाग्ने प्रस्ताव सहमति भएको छ ।